गायक विनोद बानियाँ फिल्म निर्माणमा होमिए, ‘फेम’ सार्वजनिक

असार २१, २०७७ आइतबार

पोखरा, २१ असार लोकप्रिय गायक विनोद बानियाँको निर्देशनमा निर्मित सर्ट मुभी ‘फेम’ सार्वजनिक भएको छ । यसमा कथा र थिम कन्सेप्ट पनि निर्देशक बानियाँकै छ । उनको यो पहिलो अनुभव हो । पोखरामा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आइरहेका सञ्जय मल्लको फेममा मुख्य भूमिका रहेको छ । विशेषगरि वाककलामा पोख्त मल्लले यसअघि पनि चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गरेका थिए । विश्वमा कोरोना भाइरसले लकडाउन सिर्जित गर्यो । यसकैका कारण मानिसहरू मानसिक तनाव बढायो । नेपालमा मात्र १२ सय भन्दा बढीले आत्महत्याको बाटो रोजेको अवस्थामा आत्महत्याले समस्या समाधान गर्दैन भन्ने सन्देश चलचित्र फेमले दिन खोजेको छ । फेममा आयुष श्रेष्ठ, जय प्रकाश थापा, सुदीप गुरुङ, सोवित ठकुरी, निलिमा हिराचन श्रेष्ठसहित निर्देशक स्वयं विनोद बानीयाँको पनि अभिनय छ । सविन गायकको छायाकंन तथा सम्पादन रहेको फिल्ममा पाश्र्व संगीत राजेश क्षेत्रीको छ । सञ्जय शाक्य र उत्तम पौडेलले फिल्म निर्माणमा सहयोग गरेका हुन् । फिल्मलाई बानियाँले आफ्नै अफिसियल युट्युबमार्फत सार्वजनिक गरेका हुन् । फिल्म करिब १३ मिनेटको छ । मुभी फेम सार्वजनिक भएसंगै प्रचारप्रसार तीव्ररुपमा भइहरेको छ । फेमको बारेमा निर्देशक बानियाँले आफ्नै फेसबुकमार्फत सबै जानकारी गराएका छन् । फेम आइतबार बिहान ७ बजेसम्ममा करिब ४ हजार जनाले हेरिसकेका छन् । https://youtu.be/WNuh2gGUd5E?t=1