इभेन्ट/फेसन

असार २७, २०७७ शनिबार

पोखरा, २७ असार ।

पोखरामा पहिलो पटक अकोस्टीक सेसन’ हुने भएको छ । चङ्गा प्रोडक्सन प्रालिले आगामी साउन १ गतेदेखि पहिलो संस्करणको ‘अकोस्टीक सेसन’ गर्ने भएको हो ।

गुरुङले प्रोडक्शन्सको अफिसियल युट्युब च्यानलमार्फत् साउन १ गते बेलुकी ७ बजे प्रयत्न श्रेष्ठको ओरिजिनल गीत प्रिमियर गर्ने जानकारी दिए । प्यूरो पानीको मुख्य प्रायोजनमा पोखरेली गायक र गायिकाको साथमा भदौ ११ गतेसम्म पहिलो संस्करणको सेसन युट्युब मार्फत प्रिमियर गर्न लागेको सेसनका निर्देशक दिपेन गुरुङले बताए।

उनका अनुसार सेसनमा निश्चल गुरुङ, कुशल गुरुङ, कमल केसी, प्रज्वल जोजिजु, लक्ष्मी थापा मगर, मुस्कान एण्ड लक्ष्य, शैलु राई, प्रश्न व्याण्ड, डे एल्भिन, सेलीना श्रेष्ठ, रोशन एण्ड रितेश प्रत्येकले हरेक हप्ताको सोमबार र बिहीबार कभर तथा ओरिजिनल गीत गाउनेछन् । पहिलो संस्करणको ‘अकोस्टीक सेसन’ मा कुल १२ वटा श्रृङ्खला रहने गुरुङले बताए।

‘त्यस्तै प्रोडक्शन्सका प्रबन्धक निर्देशक विवेक गुरुङले अवसरको खोजीमा रहेका प्रतिभावान् कलाकारलाई स्थान दिने उद्देश्यसहित सेसनको थालनी गरेको बताए । ‘कसैसँग लुकेको प्रतिभा छ जस्ले देखाउने मौका पाईरहेको छैन । हामीले उनीहरुलाई प्रोत्साहान स्वरुप भिडियो बनाएर प्रिमियर गरिदिनेछौ, उनले भने, ‘यसले उनीरुलाई माईक र क्यामेरासँग थप परिचित हुन सघाउ पुग्ने छ ।’