करिब चार महिनापछि लकडाउन खुलेको छ । सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बुधबारदेखि खोलेको हो । लकडाउन खुलेसंगै जनजीवन सहज बन्दैै गएको छ ।
पोखरा लगायत देशभर सार्वजनिक सवारी साधन पनि गुड्न थालेका छन् । नागरिकहरु स्वतस्फूर्त रुपमा काम धन्दामा फर्किन थालेका छन् । लकडाउन खुले पनि कोरोनाको त्रास भने घटेको छैन । कोरोना भाइरस झनै फैलिने हो कि भन्ने त्रासमा नागरिकहरु छन् ।