निशा पन्थीको 'के तिमी बुझ्छौ' पोइट्री सार्वजनिक (भिडियोसहित)

साउन ९, २०७७ शुक्रबार

पोखरा, ९ साउन । के तिमी बुझ्छौ, केटीको पनि मन छ मायाले छुन्छ, घृणाले रुन्छ तड्पिन्छ तिम्रो साथको लागि हरपल तिम्रो मायाको लागि नजिकिँदा रमाउने, टाढिदा डराउने केटीको पनि मन हुन्छ, के तिमी बुझ्छौ ? यी शब्द र पोइट्री हुन् सञ्चारकर्मी निशा पन्थीको । फ्लाइङ वर्डस् युट्युव च्यानलमार्फत् शुक्रबार निशाको पोइट्री सार्वजनिक भएको हो । पोइट्री महिला संवेदना र पीडासँग जोडिनुका साथै महिलालाई मानिसको रुपमा नभई वस्तु र खेलौनाको रुपमा लिइने प्रवृत्तिको बारेमा रहेको छ ।
के तिमी बुझ्छौ, केटीको पनि मन छ मायाले छुन्छ, घृणाले रुन्छ तड्पिन्छ तिम्रो साथको लागि हरपल तिम्रो मायाको लागि नजिकिँदा रमाउने, टाढिदा डराउने केटीको पनि मन हुन्छ, के तिमी बुझ्छौ ?
ताङ्बे स्टुडियोमा रेकर्ड गरिएको पोइट्रीलाई सुरज श्रेष्ठले खिचेका छन् । स्वस्तिका केसीको मेकअप, राजन केसीको कन्सेप्ट रहेको छ । पोइट्री क्लाउड नाइन रेष्ट्रो एवम् लाउञ्ज बार चिप्लेढुङ्गा पोखरामा खिचिएको हो । भिडियो https://youtu.be/N_3WPgbQplo