समाचार

साउन १६, २०७७ शुक्रबार

पोखरा, १६ साउन

राष्ट्रिय सेवा दल आल्मुनाई एशोसिएशनले कोरोना भाइरस न्युनिकरणका लागि सचेतना कार्यक्रम आयोजना गर्यो । यसका लागि पोखराको मुख्य चोकहरुमा स्वयंसेवक खटाएर सचेतना कार्यक्रम आयोजना गरेको हो ।

सामाजिक दूरी कायम गरौं, सावुन पानीले राम्रोसंग हात धोऔं, अनिवार्य माक्स प्रयोग गरौं, स्यानीटाइजर प्रयोग गरौं लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर संस्थाका स्वयंसेवक उभिएका थिए ।

३० जना स्वयंसेवकहरुले शुक्रबार दिउसो २ बजेदेखि साँझ ६ बजेसम्म उभिएर सचेतना गराएका थिए । पोखरामा बढी मानिसहरु भिडभाड हुने क्षेत्रहरु पृथ्वीचोक, महेन्द्रपुल, पालिखेचोक, चिप्लेढुंगा, सिद्धार्थ चोक लगायतका क्षेत्रमा सचेतना अपनाइएको हो ।

संस्थाले योसंगै रक्तदान, वृक्षरोपण, मन्दिर सरसफाई लगायतका कार्यहरु गर्दै आइरहेको संस्थाकी गण्डकी प्रदेश संयोजक उर्मिला श्रेष्ठले जानकारी दिइन् ।

संस्थाले यसअघि तनहूँ, लमजुङ, गोरखा लगायतका जिल्लामा कोरोना सचेतना कार्यक्रम गरिसकेको उनले जानकारी दिइन् ।

'संस्थाले नेपालीसंग सहकार्य गरेर धेरै पटक फेवातालको जलकुम्भी झार फाल्ने काम र विपद् व्यवस्थापनमा पनि सहयोगी भूमिका निर्वाह गर्यौं', अध्यक्ष श्रेष्ठ भन्छिन्, 'मन्दिरहरुमा सरसफाई लगायतका सामाजिक कार्यमा संस्था क्रियाशील छ ।'

[caption id="attachment_6073" align="aligncenter" width="800"] राष्ट्रिय सेवा दल आल्मुनाईकी गण्डकी प्रदेश संयोजक उर्मिला श्रेष्ठ ।[/caption]

तस्वीर : गण्डकी भ्वाइस