सन्तोष लामाको “डर छैन” गीतको भिडियो सार्वजनिक

साउन २५, २०७७ आइतबार

काठमाडौं, २५ साउन । गायक सन्तोष लामाले “डर छैन” बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन । उक्त नयाँ गीतमा चर्चित अभिनेता विपिन कार्कीको अभिनय देख्न सकिनेछ । भिडियोमा विपिन कार्की एक भरियाको भूमिका निर्वाह गरेका छन् । यसमा विपिनले दिनभर काम गरेर छाक टार्ने भरियाको स्वरुपमा जीवन्त अभिनय गरेका हुन । पैसा नहुँदा चौलानी र चामल खाएर रात बिताउने दृष्यले पक्कै पनि सबैको मन छोएको छ । निकेश खड्काको निर्देशन रहेको भिडियोमा लोकमणी सापकोटा र बालकलाकार स्रवनी थापाको पनि अभिनय रहेको छ । भिडियोमा विकास धमलाको सम्पादन र हरि हुमागाँइको छायांकन रहेको छ । सन्तोष लामा को “डर छैन” बोलको गीतमा हरि लम्सालको संगीत र नारायण गौतमले शब्द दिएका छन् । भिडियो हेर्नुहोस https://youtu.be/npmtQppNSes