विद्यार्थीको सम्झनामा

साउन २७, २०७७ मंगलबार

डिलकुमारी पौडेल,

पोखरा, २७ साउन ।

धेरै दिनभो तिम्रो बोली सुन्न नपाएको
पढाउनु छ भनिकन स्कुल नधाएको
के के गरि बसेका छौ लकडाउन भरी
कहिले सम्म बस्नु पर्ला घरमा यसै गरी ।।

खाली पिरियड हुँदा तिमी निकै रमाउँथ्यौ
कक्षाकार्य गर भन्दा कलम समाउँथ्यौ
धेरै लामो विदा भयो पट्यार लाग्या छ कि
माया गर्ने शिक्षक देख्न अत्यार लाग्या छ कि ।।

लाज मानी भुँईमा हेथ्र्यौ उत्तर नआएमा
सारै करकर गथ्र्याै तिमी खेल्न नपाएमा
पढन् मन नलाउँदा सारै अल्छी गथ्र्यौ
साथीभाइ एक आपसमा कुस्ती खेल्दै लड्थ्यौ ।।

सरी मिस भन्थ्यौ तिमी लाज मानी-मानी
गृहकार्य धेरै दिँदा गथ्र्यौ आनाकानी
कडा बोली बोल्दा तिमी जान्थ्यौ परपर
माया गरी बोलाउँदा आउँथ्यौ वरवर ।।

समयले यस्तै ल्यायो महामारीको डर
कस्लाई कता के हुने हो भएन है भर
सुरक्षित भै बस्नु तिमी यही हो बुद्धिमानी
ज्ञानी भै बस्छन् मेरा प्यारा बाबुनानी ।।

डर हुन्छ कोरोनाको बाहिर नजानु
घरमा जे छ त्यही खानु बाहिर नखानु
रेडियोका कक्षा पढ्नु सुन्नु समचार
घरमा पनि संस्कार सिक्नु बन्नु शिष्टचार ।।

(लेखक श्री सिद्ध माध्यमिक विद्यालय पोखरा, १५ की शिक्षक हुन् ।)