मनोरञ्जन

कात्तिक १, २०७७ शनिबार

पोखरा, १ कात्तिक

पोखरामा मोडलिङमा क्रियाशील सृष्टी आचार्यले यस वर्षको मिस युनिभर्स नेपालमा प्रतिस्पर्धा गर्ने भएकी छन् । आचार्य पोखराबाट एक्लै प्रतिस्पर्धा गर्दैछिन् । उनी उत्कृष्ट ५० भित्र पर्ने आशाका साथ मेहनत गरिरहेकी छन् ।

उनलाई अघि बढाउने हात भने दर्शककै हुनेछ । उनी उत्कृष्ट ५० भित्र पर्नका लागि युनिभर्स नेपालको एपमा गएर धेरै भन्दा धेरै दर्शकले लाइक गर्नुपर्दछ ।

उत्कृष्ट ५० जना भित्र छनोटमा पर्छु भन्नेमा आशावादीका मेहनत गरिरहेको भन्दै आचार्यले मलाई धेरै भन्दा धेरै लाइकको आवश्यकता भएकाले सहयोग गर्न आग्रह गरेकी छन् ।

एन्ड्रोइड मोवाइल प्रयोगकर्ताले गुगल प्ले स्टोर र एप्पल प्रयोगकर्ताले एप स्टोरमा गई मिस युनिभर्स नेपालको एप डाउनलोड गरी लाइक गर्न सक्नेछन् ।

एपमा गएपछि आचार्यको प्रोफाइल नआउँदासम्म स्क्रोल गर्नुपर्छ । प्रोफाइल आएपछि अपलोड गरिएका सबै भिडियोमा लाइक गर्नुपर्ने हुन्छ ।



५० प्रतिस्पर्धी भित्र छनोट भएमा अझ बढी माया र साथको आवश्यकता पर्ने आचार्य बताउँछिन् । गण्डकी टेलिभिजनमा भिजेको रुपमा कार्यरत सृष्टी आचार्य मिस गण्डकी तेस्रो सिजनको सेकेण्ड रनरअप र हस्पिटालिटी नेपाल कन्टेस्टको आयोजक समेत रहेकी छन् ।

तस्बिर : सुरज श्रेष्ठ (एसटु प्रोडक्शन)