इभेन्ट/फेसन

कात्तिक ६, २०७७ बिहिबार

पोखरा, ७ कात्तिक ।

पोखराका रञ्जन गायकले मालश्री धुनसहितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । पुराना संस्कृतिहरुलाई पुनर्ताजकी गर्नका लागि मालश्री धुनको म्युजिक भिडियो बजारमा ल्याएको गायक बताउछन् ।

मालश्री धुनलाई गायकले भने नयाँ तरिकाबाट प्रस्तुत गरेका छन् । नयाँ तरिकाबाट प्रस्तुत गर्दा पुरानो परम्परा नयाँ पुस्तामा हस्तान्तरण हुने गायकको विश्वास छ ।

गायकले मलश्री धूनलाई हिपहप शैलीमा प्रस्तुत गरेका छन् । यो ट्र्याप म्यूजिक फ्यूजन हो, जसमा गायकले सारंगीमा शास्त्रीय खेलका केही शैलीहरू अपनाएका छन् र गायकीमा साधारण तानहरू खेलाएका छन् ।

म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको मालश्री धुनमा रन्जन आफैले अभिनय गरेका छन् । रन्जन कै निर्देशनमा तयार भएको भिडियोको छायाँकन र सम्पादन यकिन गुरुङको छ । मालश्री धुनलाई उनकै अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

मालश्री धुन लोकप्रिय भक्तिजन्य लोक संगीतको लागि दिइएको नाम हो, जुन हिन्दूहरुको महान चाड दशैंको समयमा बजाउने गरिन्छ । सामान्यतया रागको आधारमा बजाईन्छ ।

करिब साढे चार सय वर्षअघि नेवार समूदायबाट यो मालश्री धुनको उत्पत्ति भएको हो । राजा सिद्धिनर्सिङ्ग मल्लको पालादेखि यस धुनको प्रचार हुन थालेको बताइन्छ ।

१६ औं शताब्दीमा राजा महेन्द्र मल्लको पालादेखि १२ मासका धुनको सिर्जना भइसकेको थियो । यद्यपी अरु किसिमका धुन खासै सुनिने गरेको छैन ।

भिडियो

https://youtu.be/9-yq5HxLCiA