नेत्र गुरुङको मन छुने गीत 'फर्क गाउँघर' सार्वजनिक

कात्तिक ११, २०७७ मंगलबार

पोखरा, ११ कात्तिक । दशैं तिहार लक्षित म्युजिक भिडियो ‘फर्क गाउँघर’ सार्वजनिक भएको छ । गीतको शब्द तथा संगीतका साथै स्वर नेत्र गुरुङको रहेको छ । गीत हेरिसकेपछि सबै नेपालीको मन छुने खालको छ । गीत सबैलाई विदेश भन्ने वित्तिकै मन बिझाउने खालको छ । गीतको भिडियोमा आज भोलिका युवा पुस्ता आमा बुबाका साथै परिवारलाई रुवाएर विदेशिन खोज्ने र विदेश पुगेकाहरु दिक्क भएर स्वदेशमै केही गर्ने भन्दै फर्किएको प्रसंगले सबैको मन ढक्क फूलाउँछ । ‘माया नमार गाउँले माया नमार, सम्झिएर आउँ भो आफ्नै गाउँघर’ गीत मार्मिक छ । भिडियोले नेपालको कृषि क्रान्तिको विषय उठान गरेर सबै नेपाल कृषिकै लाग्नुपर्छ भन्ने सन्देश दिइएको छ । परदेश गएकाहरु गाउँमा नै खेती किसानी गरेर जीविकोपार्जन गर्नुभन्छ भन्ने सन्देश भिडियोमार्फत दिन खोजिएको छ । दशैंको बेला बुवा आमा एक्लै गाउँमा रहेको लाहुरेले चाडपर्व सम्झेर गाउँघर आएको कुरा भिडियोमा देखाइएको छ । नेत्रको निर्देशनमा बनेको गीतको भिडियोमा गजेन्द्र गुरुङ, विश्वआत्मा गुरुङ, प्रेमबहादुर गुरुङ, अनुप अधिकारी, नवराज गिरी, दुर्गा कुमारी गुरुङ लगायतको अभिनय छ । यस्तै निर्देशनमा कृष्णकुमार गुरु ङले सहयोगी भूमिका निर्वाह गरेका छन् । भिडियोलाई प्रकाश गुरुङले छायाङ्कन गरेका छन् । यस गीतको भिडियो सम्पादनको काम निर्देशक नेत्रले नै गरेका छन् । १४ मिनेटको म्यूजिक भिडियो नेत्र इन्टरनेन्टमेन्ट प्रालिको युटुव च्यानलमार्फत रिलिज गरिएको छ । निर्देशक नेत्रले यसअघि म, घेरो, चित्कार, सत्कर्म, नाम्लो, घर, बसाइँ, राहत, लकडाउन र नरे चलचित्रको पनि निर्देशन गरेका छन् । साथै उनकै निर्देशनमा आधा दर्जन म्यूजिक भिडियो समेत आइसकेका छन् । भिडियो पनि हेरौं https://www.youtube.com/watch?v=ZM9tGoaXohg&feature=share&fbclid=IwAR1NOlq92gM23DXODW7yCaExDV-XNTdqwS9Tq5XTyaI3QJhU64l26r2F6CA