पेरिस सेन्ट जर्मेनका स्ट्राइकर नेयमार घाइते
पोखरा, २९ मंसिर ।
लियोनसँगको खेलमा हार व्यहोर्ने क्रममा पेरिस सेन्ट जर्मेनका स्ट्राइकर नेयमार घाइते बनेका छन् । लियोनका थियागो मेन्डेसले खराब फल हानेपछि नेयमार घाइते बनेका हुन् । फलका लागि मेन्डेसले खेलमा रातो कार्डसमेत पाए ।
निकै पीडामा देखिएका ब्राजिलियन खेलाडीलाई स्ट्रेचरमा राखेर मैदानबाहिर लान परेको थियो । अब उनको चोट कति खराब हो भनेर अस्पतालको रिपोर्टको प्रतिक्षा रहेको छ । पीएसजीका प्रशिक्षक थोमास टुचेलले उनको चोटबारे परीक्षणहरु भइरहेको जानकारी दिए ।
२८ वर्षीय नेयमार सन् २०१७ मा विश्व कीर्तिमानी २० करोड पाउन्डमा बार्सिलोनाबाट पीएसजीसँग आबद्ध भएका हुन् । उनले क्लबलाई लगातार तीनवटा लिग उपाधि दिलाउनुको साथै गत सिजन च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याएका थिए ।