अब रातको समयमा गाडी चलाउन नपाइने !
डोटी, २६ मंसिर ।
जिल्लाका ग्रामीण क्षेत्रमा रहेका कच्ची सडकमा दुर्घटना बढेको भन्दै रातिको समयमा गाडी चलाउन बन्द गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी डोटीले जिल्लामा रहेका सबै ग्रामीण सडकमा रातिको ६ बजेदेखि बिहान ६ बजेसम्म गाडी चलाउन बन्द गर्नुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईलाई शुक्रबार एक ज्ञापनपत्र बुझाएको छ ।
विद्यार्थीले ग्रामीण सडकमा रातिको समयमा गाडी चलाउन बन्दको मागसहित ज्ञापनपत्र पेश गरेसँगै अहिले यहाँका ग्रामीण सडकमा रातिको समयमा गाडी चलाउन स्थानीय प्रशासनले सार्वजनिक सूचना प्रकाशित गरी रोक लगाएको छ ।