नेविसंघद्धारा सरकारको विरोध र खबरदारी

पोखरा, १२ पुस ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उखु कृषकको समर्थनमा र संसद विघटन असंवैधानिक भएको भन्दै सरकार विरुद्ध विरोध एवं खवरदारी कार्यक्रम गरेको छ ।
नेविसंघ पोखरा महानगरपालिका वडा नं. २३ ले नेकपाको स्वार्थ किचलोको मार, कतिञ्जेल थुपार्ने संविधान र जनतामाथि आर्थिक भार ? भन्ने नाराको साथ ठूलाखेतस्थित भवनमा कार्यक्रम सप्पन्न गरेको हो ।
कार्यक्रममा पूर्व राज्यमन्त्री महादेप गुरुङ, नेपाली कांग्रेस पोखरा २३ का सभापति रामकाजी गुरुङ, पोखरा महानगरपालिका वडा नं २३ वडाध्यक्ष विष्णुप्रसाद पराजुली, नेपाल किसान संघ कास्कीका अध्यक्ष भेषराज पराजुली, जिल्ला विकास समिति कास्कका पूर्व सदस्य हरि प्रसाद लामिछाने सहभागी भएका थिए ।
यसैगरी निर्माण व्यवसायी संघका केन्द्रीय सदस्य शिवशंकर गौचन, निर्माण व्यवसायी मीनराज पौडेल, टंक प्रसाद बराल, धुव्रबाबु भट्टराई, नेविसंघ कास्कीका नेता पशुपति भट्टराई, अन्य अतिथिमा धनबहादुर गुरुङ, भरतराज भण्डारी, दुर्गादत्त घले, उपेन्द्र पराजुली, जीवन पौडेल, अर्जुन पराजुली, शिव पराजुली सूर्यप्रसाद भण्डारी, निशा देवकोटा, चन्दन पराजुली, नितेश चापागाईं, निशा भण्डारी लगायत सहभागी भएको नेविसंघ इकाइ सभापति सुजन पराजुलीले जानकारी दिए ।
सभापति पराजुलीले सरकारको संसद विघटनको निर्णय सर्वाेच्च अदालतमा पुगेकाले परिस्थिति हेरेर आन्दोलन र चुनाव दुवैका लागि नेविसंघ तयार रहेको बताए ।
उनले कांग्रेसको पुस १३ गतेको विरोध प्रदर्शनमा सबै लोकतन्त्रप्रेमीहरुलाई सहभागी हुन आग्रह गरे ।
नेविसंघ पोखरा २३ सचिव दिपिका घतानेले संसद विघटन गरिनु अलोकतान्त्रिक र असंवैधानिक कदम भएकाले आम जनता र सरकारलाई सजगता र खबरदारीका लागि सांकेतिक सन्देशसहित कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् ।
कार्यक्रममा विद्यार्थी नेताहरु मनिष पौडेल, गोपाल अधिकारी, शिव बराल, जीवन पराजुली, अर्जुन पराजुली लगायतले बोलेका थिए ।
सभापति सुजन पराजुलीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव दिपिका घताने गरेकी थिइन् । कार्यक्रमको सहजीकरण पूर्व सचिव विवेक पराजुलीले गरेका थिए ।