उखु कृषकको समर्थनमा नेविसंघद्धारा प्रदर्शन, कडा आन्दोलनको चेतावनी

पोखरा, ४ पुस ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उखु कृषकको समर्थनमा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । नेविसंघ पृथ्वीनारायण क्याम्पस इकाइले कृषकको पीडामा सरकार टुलुटुलु हेरेर बसेको भन्दै विरोध प्रदर्शन गरेको हो ।

नेविसंघले शुक्रबार साँझ पोखरास्थित पृथ्वीनारायण क्याम्पसको गेटमा उखु कृषकको समर्थनमा सरकारविरुद्ध विरोध प्रदर्शन गरिएको सभापति दीपक शर्मा वाग्लेले जानकारी दिए ।

अझै पनि कृषकको माग संवोधन गर्न ढिलाई गरिए नेविसंघले कडा आन्दोलन गर्ने सभापति बाग्लेले चेतावनी दिए । प्ले कार्डसहित प्रदर्शनमा उत्रिएका नेविसंघका नेता कार्यकर्ताले किसानको माग पूरा गर, किसान पिरमा सरकार चीलमा, किसान मार्न पाईदैन, भ्रष्ट सरकार चाईदैन । हाम्रा किसान राम्रा किसान, हाम्रो सरकार आलु सरकार जस्ता नारा लगाएका थिए ।

कार्यक्रमा विद्यार्थी नेताहरु विवेक पराजुली, शिवराम पौडेल जुपिटर, लपशन मगर, शौरभ चापागाईं, अक्कल रानाभाट, युवराज पौडेल, सुशील न्यौपाने, अनिष पाण्डेसमेत प्रदर्शनमा सहभागी भएको नेविसंघ नेता ओमकार सुवेदीले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close