ओली-प्रचण्ड छलफल जारी

पोखरा, ५ पुस ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक बस्नु अघि प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ ।

खुमलटारमा माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका नेतासँगको छलफलपछि प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जानुभएको हो । ओली र प्रचण्डको छलफल सकिएपछि स्थायी कमिटीको बैठक बस्ने तयारी छ ।

आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गरेका हुन् । पार्टीभित्र विवाद बढिरहँदा र आफूलाई हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गरेका हुन् ।

पार्टीभित्र सहमतिको प्रयास भइरहेको बेला प्रधानमन्त्री ओलीले अचानक यो निर्णय गरेका हुन् । प्रधानमन्त्रीको यो निर्णयसँगै राजनीतिले नयाँ मोड लिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close