प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन, किन गरे ?

पोखरा, १५ पुस ।

प्रधानमन्त्री केपी ओलीले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेका छन् । उनले बुधबार साँझ प्रचण्डलाई फोन गर्दै उपचाररत प्रचण्डपत्नी सीताको स्वास्थ्यलाभको कामना गरेका हुन् ।

यस्तै अर्थमन्त्रीसमेत रहेका नेकपा ओली पक्षका महासचि विष्णु पौडेल र नेता सुवास नेम्वाङ बुधबार साँझ मेडिसिटी अस्पताल पुगेर सीताको स्वास्थ्य लाभको कामना गरेका छन् ।

‘दुवै नेता मेडिसिटी पुगेर स्वास्थ्य लाभको कामना गर्दै प्रधानमन्त्रीले पठाएको स्वास्थ्य लाभको कामना सुनाउनुभयो । प्रधानमन्त्री स्वयंले पनि प्रचण्डलाई फोन गरेर स्वास्थ्यलाभको कामना गर्नुभयो’, महासचिव पौडेलका स्वकीय सचिव यम पाण्डेले बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव पक्ष) का अध्यक्षसमेत रहेका ‘प्रचण्ड’ की पत्नी सीता अस्वस्थ बनेपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको छ ।

सीता दाहाल केही वर्षदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ । यसअघि उनको अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा समेत उपचार भएको रातोपाटी अनलाइनले प्रकाशित गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close