पवित्रादेवी गुरुङ : नयाँ संकल्पका साथ चुनावमा होमिइन्

पोखरा, २२ पुस ।

पोखरा उद्योग वाणिज्य संघको चुनाव नजिकिएसंगै उम्मेदवारहरु सक्रिय बनेका छन् । उम्मेदवारहरुले मतदाता भेटघाट कार्यलाई तीव्र बनाएका छन् ।

उम्मेदवारहरु पोखराका मुख्य बजार क्षेत्रका उद्योगी व्यवसायीसंगको भेटघाट कार्य सकाएका छन् । उनीहरुले उद्योगी व्यवसायीको गुनासो सुन्दै आफ्नो प्रतिवद्धता राखेका छन् ।

घरदैलोका क्रममा अधिकांश उद्योगी व्यवसायीले पार्किङको समस्या उठाएका छन् । पोउवासंघको कार्यसमिति सदस्य पदमा उम्मेदवारी घोषणा गरेर उद्योगी पवित्रादेवी गुरुङ पनि निकै सक्रिय बनेकी छन् ।

विन्दु कोइराला सुवेदीको प्यानलबाट उम्मेदवारी दिएकी उनले मतदाता भेटघाट र छलफलमा सक्रिय बनेकी छन् । करिब ३० वर्षदेखि मानवअधिकारवादी लगायत विभिन्न संघ-संस्थामा रहेर सामाजिक गतिविधिमा सक्रिय गुरुङ विभिन्न योजनाका साथ चुनावमा होकिएकी हुन् ।

उनले संघमार्फत महिलामैत्री कार्यक्रम अघि बढाउने, युवा लक्षित योजना ल्याउने, संघको आर्थिक अवस्था सुदृढ बनाउनका लागि स्रोतहरुको खोजी गर्ने लगायतका योजना अघि सारेकी छन् ।

तमु भाङ्ग्रा हस्तकला उद्योगकी सञ्चालकसमेत रहेकी उम्मेदवार गुरुङले आफ्नो उद्योगको अनुभव संघमा प्रयोग गरेर संघलाई सबैको प्रिय संस्था बनाउने प्रतिवद्धता जनाएकी छन् ।

गुरुङ संघको निर्वाचनमा अघिल्लो पटकको चुनावी प्रतिस्पर्धामा झिनो मतले पराजित भएकी थिइन् । उनले महिला हक, हित र अधिकारका लागि लामो समयदेखि आवाज उठाउँदै आएकी छन् । गुरुङले महिलाहरु आफै स्वरोजगार बन्नुपर्ने र त्यसमा पुरुषले पनि पूर्णरुपमा सघाउनुपर्नेमा जोड दिंदै आएकी छन् ।

संघमा निर्वाचित भएपछि उद्योगी व्यवसायीसंग सुझाव संकलन अभियान सञ्चालन गर्ने र सोही सुझाव अनुसार थप कार्ययोजना बनाएर राज्यका निकायसम्म पुग्ने गुरुङको योजना छ ।

सामूहिक भावनामा अर्पण, व्यवसायिक हक हितमा समर्पण भन्ने मूल लक्ष्य राखेर चुनावमा होमिएकी गुरुङको यस पटक अत्यधिक मतका साथ विजयी हुने विश्वासमा छिन् ।

पोखराका उद्योगी व्यवसायीको हक हितको मुद्धा बोकेर आफ्नो स्वतन्त्र प्यानलमार्फत चुनावी मैदानमा होमिएकाले मुद्धा बुझेर, व्यक्तिको क्षमता बुझेर मत दिन उनले आग्रह गरेकी छन् ।

बिज्ञापन प्रचार सामग्री :

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close