मन्त्री पद्मा अर्याल आफ्नै गृहजिल्ला स्याङ्जामा लखेटिइन् (भिडियोसहित)

स्याङ्जा, २६ पुस ।

संघीय सरकारकी कृषि मन्त्री पद्मा कुमारी अर्याललाई गृहजिल्ला स्याङ्जामा कांग्रेस कार्यकर्ताहरुले कालोझण्डा देखाएका छन् ।
नेकपा ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्न गृह जिल्ला आएकी मन्त्री अर्याललाई तरुणदल तथा नेविसंघले कालोझण्डा देखाउदै विरोध जनाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि कांग्रेसले तय गरेको केन्द्रीय विरोधको कार्यक्रम अन्तर्गत वालिङमा पनि प्रदेशस्तरीय विरोध गरिएको तरुण दल वालिङ नगर सभापति आशीषप्रताप खाँणले बताए ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार विरोधसभा भईरहेका बेला स्याङ्जाको वालिङ आएकी मन्त्री अर्याललाई कांग्रेसका कार्यकर्ताहरुले कालो झण्डा प्रदर्शन गरेका हुन् ।

कालोझण्डा देखाउने तरुण दल तथा नेविसंघका नेता कार्यकर्ता र प्रहरीबीच सामान्य झडपसमेत भएको थियो। मन्त्री अर्याल मूल बाटोमा नेपाली कांग्रेसको विरोधसभालाई छलेर भित्री बाटोबाट नेकपाले आयोजना गरेको कार्यक्रम स्थलमा गएकी थिइन् । उनी खोलै खोला धुलाम्मे सडक हुँदै कार्यक्रम स्थलमा पुगेकी थिइन् ।

हेरौं भिडियो

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close