लागूऔषधसहित दुई जना पक्राउ

पोखरा, १७ पुस ।

प्रहरीले लागूऔषधसहित दुई जना युवालाई पक्राउ गरेको छ । उनीहरु तनहूको बन्दीपुरस्थित एक खाजा घरबाट पक्राउ परेका हुन् ।

बन्दीपुर गाउँपालिका वडा नं. १ डुम्रेबजारस्थित पुलचोक खाजा घरबाट पक्राउ परेको गण्डकी प्रदेश कार्यालय पोखराले जनाइको छ ।

पक्राउ पर्नेमा लमजुङ बेँसीशहरका २७ वर्षीय गोवीन गुरुङ र बेँसीशहरकै १९ वर्षीय विशाल घले रहेका छन् ।

प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीका अनुसार उनीहरुको साथबाट डाइजापाम ४७ एम्पुल, नुर्फिन ४७ एम्पुल, र फेनरागन ४७ एम्पुल गरी जम्मा १४१ एम्पुल बरामद गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close