पोखरामा चोरी आरोपमा दुई जना पक्राउ, को-को हुन् ?

पोखरा, २९ पुस ।

पोखरामा चोरी आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा ११ फूलबारीका वर्ष २२ का एलिशा गुरुङ र पोखरा १३ का ३० वर्षका विजय सुनार रहेका छन् । उनीहरु एलिशा पालिखेचोक र विजय फूलवारीबाट सोमबार पक्रा परेको कास्की प्रहरीले जनाएको छ ।

साना बालकालिकाहरुलाई ललाई फकाई सुनको मुन्द्रा चोरी गरेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीका निमित्त प्रवक्त प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए ।

उनीहरु दुवैलाई अदालतबाट एक साताको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । प्रहरीका अनुसार पक्राउ परेका विजय पोखरा ११ मा सुन पसल सञ्चालन गर्दै आएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close