लागुऔषध बोकेर हिंडिरहेका दुई जना पोखराबाट पक्राउ

पोखरा, १ पुस ।

जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरु लागुऔषधसहित हिंडिरहको अवस्थामा पोखरास्थित पोखराको रामकृष्ण टोलबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रामकृष्णटोल निवासी ३३ वर्षीय कुमार श्रेष्ठ र भक्तपुरका ४५ लक्ष्मीकृष्ण भासीमा रहेका छन् । उनीहरुलाई मंगलबार साँझ लागूऔषधसहित पक्राउ गरिएको कास्की प्रहरी निमित्त प्रवक्ता कृष्ण बस्यालले जानकारी दिए ।

उनीहरुको साथबाट लागूऔषध डाइजापा ११३ एम्पुल, फेनेरागन ११३ एम्पुल, नुर्फिन ११३ एम्पुलसहित दुई थान मोवाइल फोन बरामद गरेको सूचना अधिकारी समेत रहेका बस्यालले जानकारी दिए ।

उनीहरुलाई लागूऔषध सम्बन्धी कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट एक हप्ता म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close