पूर्व कप्तान पारस कोरोना मुक्त, अब आबुधावी जाने

पोखरा, २० पुस ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का बल्ल कोरोना मुक्त भएका छन । उनी २५ दिनपछि कोरोना फ्रि भएका हुन् ।
उनमा गत महिना राष्ट्रिय टिमको बन्द प्रशिक्षणका बेला कोरोना रपोजेटिभ देखिएको थियो । खड्काले विचमा फेरि परीक्षण गर्दा पुनः पोजेटिभ आएको थियो । तर उनले सोमबार आफू कोरोना मुक्त भएको जानकारी दिएका छन् ।
नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षण सुरु गर्दा सुरुवातमा केही खेलाडीमा कोरोना पोजेटिभ देखिएको थियो भने अन्तिम तिर पारसलाई पोजेटिभ देखिएको थियो । जसका कारण उनल चितवनमा भएको गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता खेल्न पाएका थिएनन् ।
कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनले सामाजिक सञ्जालमा आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन । पारस अर्को हप्ता आबुधावीमा हुने टी १० लिगका लागि जाने कार्यक्रम छ । उनी टिम आबुधावीको युवा खेलाडीको मेन्टरका रुपमा अनुबन्ध भएका छन् ।