पारस खड्कालाई कोरोना संक्रमण

पोखरा, २६ मंसिर ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ । पारसले शुक्रबार आफूलाई कोरोना भाइरसको संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

पारसले शुक्रबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको बताएका हुन् ।

राष्ट्रिय टिमको प्रशिक्षणमा रहेका पारसको बिहीबार साँझबाट अचानक टेष्ट र स्मेल गएपछि परीक्षण गरेका थिए ।

दुई दिनअघि उनको स्वास्थ्यमा केही समस्या देखिएपछि सेल्फ आइसोलेसनमा बसेका थिए । त्यसपछि उनले कोरोना परीक्षण गराएका थिए । गौतमबुद्ध कपका लागि टिम नारायणीका कप्तान रहेका पारसले अब प्रतियोगितामा सहभागिता जनाउने छैनन् ।अब उनले यो प्रतियोगिता नखेल्ने भएपछि नयाँ कप्तान चयन हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close