पोखरा-४ भित्र पार्किङ शुल्क नउठाउन सिफारिस

पोखरा, २७ पुस ।

पोखरा महानगरपालिका वडा नं. ४ ले वडाभित्र पार्किङ शुल्क नउठाउन सिफारिस गरेको छ । वडाध्यक्ष शंकर प्रसाद बाँस्तोलाले गत मंसिर २८ गते महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई एक पत्र पठाउँदै वडाभित्र पार्किङ शुल्क नउठाउन सिफारिस गरेका हुन् ।

उनले पार्किङ शुल्क उठाइरहेको फेवा सावित्री जेभिलाईसमेत सोही सिफारिस बोधार्थ पठाएका छन् । यो सिफारिस गरिएको एक महिना वितिसक्दा समेत महानगरपालिकाबाट कुनै प्रतिक्रिया नआएको वडाध्यक्ष बाँस्तोलाले बताए ।

पार्किङ शुल्क उठाएको भन्दै महानगरपालिकाको चर्को आलोचना हुँदै आइरहेको छ । यस सम्बन्धमा उच्च अदालत पोखरामा परेको रिट विचाराधीन आवस्थामा छ ।

यस्तो सिफारिस पत्र

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close