वर्तमान समयमा पार्किङ शुल्क लिनु न्यायोचित होइन : सांसद थापा
पोखरा, ३ पुस ।
गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले पोखरामा लिन शुरु गरिएको पार्किङ शुल्क उपयुक्त नभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष समेत रहेको थापाले वर्तमान अवस्थामा पार्किङ शुल्क लिनु न्यायोचित नभएको स्पष्ट पारे ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् । फेसबुकमा उनले आफ्नो धारण यसरी व्यक्त गरेका छन् ,‘पोखराको प्रथम जननिर्वाचित कम्युनिष्ट मेयरको हैसियतले मेरो विनम्र अनुरोध, सुझाव छ । वर्तमान अवस्थामा पार्किङ शुल्क लिन न्यायोचित छैन ।’
उनको यो स्टाटसमा अधिकांशले सकारात्मक प्रतिक्रिया दिंदै पार्किङ शुल्क नलिने प्रवन्ध गर्न पहल गरिदिन आग्रह गरेका छन् ।
आज शुक्रबार बिहान ९ बजेतिर सांसद थापाले उक्त स्टाटस लेखेका थिए । दिउसो २ बजेसम्ममा उनको स्टाटसमा २६५ जनाले लाइक, २५ जनाले शेयर र ९० जनाले प्रतिक्रिया दिइसकेका छन् ।
केही दिनदेखि पोखरामा पार्किङ शुल्क उठाउन थालिएपछि तीव्र विरोध हुँदै आइरहेको छ ।
यस्तो छ थापाको स्टाटस