पोउवासंघको उपाध्यक्षमा पोखरेल र उपमहासचिवमा खत्री विजयी

पोखरा, २६ पुस ।

पोखरा उद्योग वाणिज्य संघको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । संघको वाणिज्य उपाध्यक्षमा अर्जुन पोखरेल विजयी भएका छन् । उनले १०४८ मत प्राप्त गरी विजयी भएका हुन् । पोखरेल नारायण कोइराला प्यानलबाट प्रतिस्पर्धा गरेका थिए ।

संघको उपमहासचिवमा नारायण कोइराला प्यानलकै केशव बहादुर खत्रीले प्रतिस्पर्धीलाई ३०० मतान्तरले पराजित गर्दै निर्वाचित भएको स्रोतले जनाएको छ ।

उनले विन्दु कोइराला सुवेदीको प्यानलबाट चुनावी प्रतिस्पर्धा गरेका धर्मराज बर्तौलालाई पराजित गरेका हुन् । खत्रीले १३१३ र बर्तौलाले १०१३ मत प्राप्त गरेका छन् । यद्यपि उपाध्यक्ष र उपमहासचिवको परिणाम घोषणा भने भएको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close