पोउवासंघको सदस्यमा कोइराला, गोंगजू, तिमिल्सिना, भुजेल र सापकोटा निर्वाचित

पोखरा, २६ पुस ।

पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा सदस्य पदमा वस्तुगततर्फ चार जना विजयी भएका छन् । विजयी हुनेहरुमा बालकृष्ण कोइराला, राजेन्द्र गोंगजु, बलराम तिमिल्सिना र रुपनारायण भुजेल छन् । गोंगजुले १८, कोइरालाले १६ मत प्राप्त गरेका थिए ।

यस्तै तिमिल्सिना र भुजेल भने गोलाप्रथाबाट विजयी भएका हुन् । वस्तुगततर्फ २९ मत थियो भने आठ जनाले उम्मेद्वारी दिएका थिए । एशोसिएट सदस्यम हरिहर सापकोटा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

शनिबार सम्पन्न निर्वाचनको मतगणना बिहान १० बजेबाट शुरु भएको छ । संघको अन्य पदका भएको मतदानको मतगणना जारी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close