पोउवासंघको चुनाव : मतगणना शुरु हुँदै, २३६५ मत खस्यो

पोखरा, २६ पुस ।

पोखरा उद्योग वाणिज्य संघको मतगणना आज हुँदैछ । संघको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो ।

आज बिहान ८ बजेबाट संघकै अमृत कक्षमा मतगणना शुरु हुने संघका निर्वाचन संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए । उनका अनुसार २३ सय ६५ मत खसेको छ । आज साँझसम्ममा सबै मत परिणाम आइसक्ने आँकलन गरिएको छ ।

संघको नयाँ नेतृत्व चयनका लागि अध्यक्षमा नारायण कोइराला र विन्दु कोइराला सुवेदीको प्रतिस्पर्धा भएको छ । यस्तै संघको वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति निर्विरोध निर्वाचित भइसकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close