पोउवासंघको सदस्यमा को-को विजयी भए ? (पूरा विवरण)

पोखरा, २६ पुस ।
पोखरा उद्योग वाणिज्य संघको निर्वाचन अन्तर्गत सदस्यहरुको मतगणना सकिएको छ । जसमध्ये शोभा गौतमले सबैभन्दा धेरै मत प्राप्त गर्दै विजयी भएकी छन् । कूल २३ सय ६५ मत खसेकोमा गौतमले १७०० मत प्राप्त गरेकी छन् ।
यस्तै विजयीमध्ये उत्तम मान बुद्धाचार्यले १५९७, कुमारी मुना बाँस्तोलाले १६२६, दिनेशचन्द्र बाँस्तोलाले १२८२, देवेन्द्र केसीले १६८५, पवित्रादेवी गुरुङले १२४१, भरत केसीले १३२३, सुदनबहादुर कोइरालाले १२७९, सुदीप प्रधानांगले १४१४ र हरिराज पन्तले १३८८ मत प्राप्त गरी विजयी भएका छन् ।
यसैगरी उत्तम सेवक कार्कीले ९१३, ऋषिराम भण्डारीले ११८२, कीतिवल्लभ त्रिपाठीले १२३८, रामप्रसाद गौतमले ८००, रामेश्वर अधिकारीले ९११, विनोद केसीले ९२७ मत प्राप्त गरे ।
सदस्यमा विजयी भएकामध्ये पवित्रादेवी गुरुङबाहेक सबै नारायण कोइराला प्यानलका हुन् । जसमा एक जना स्वतन्त्र उम्मेदवार हुन् ।