पोउवासंघमा मतगणना जारी, सदस्यमा शोभा गौतम सबैभन्दा अगाडि (कस्को मत कति ?)

पोखरा, २६ पुस ।

पोखरा उद्योग वाणिज्य संघमा मतगणना जारी छ । सदस्य पदका लागि १६ जनाले प्रतिस्पर्धा गरेका थिए । जसका लागि शनिबार मतदान भएको थियो । २३ सय ६५ मत खसेकोमा १५ सय ८१ मत गन्दा शोभा गौतम सबैभन्दा अगाडि छन् ।

पछिल्लो मत परिणाम अनुसार गौतमले १२२५ मत ल्याएकी छन् । यस्तै उत्तममान बुद्धाचार्यले ११३०, उत्तम सेवक कार्कीले ६४० मत प्राप्त गरेका छन् ।

यसैगरी ऋषिराम शर्मा भण्डारीले ८८३, कीर्तिबललभ त्रिपाठीले ८९७, कुमारी मुना बास्तोलाले ११७७, दिनेशचन्द्र बास्तोलाले ९५७, देबेन्द्र केसी १२१४, पबित्रा देबी गुरुङले ८८२, भरत केसीले ९४१ म्त प्राप्त गरेका छन् ।

यस्तै रामप्रसाद गौतमले ५६०, रामेश्वर अधिकारीले ८१७, विनोद केसीले ६५१, सुदनबहादुर कोइरालाले ९२१, सुदिप प्रधानाङ्गले १००४ र हरिराज पन्तले १०२० मत प्राप्त गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close