पिसटाउन लायन्सद्धारा न्यानो कपड़ा वितरण

पोखरा, २४ पुस ।

लायन्स क्लव अफ पोखरा पिस टाउनले आफ्नो आठौं वार्षिक स्थापना दिवसको अवसरमा विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी सामाग्री प्रदान गरेको छ ।

क्लबले आफ्नो स्थापना दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नं. १० रामबजारस्थित कालिका माध्यमिक विद्यालयका प्रावि तहमा रहेका विपन्न बालबालिकालाई स्वीटर, स्टेशनरी सामग्री र खाजा वितरण गरेको हो ।

सो अवसरमा क्लस्टर चिफ शारदा शर्माले आफ्नो जन्मदिनको अवसरमा क्लवले संचालन गरेको अभियानमा दुई हजार रूपैया क्लवका अध्यक्ष सरला तिमिल्सिनालाई हस्तान्तरण गरिन् ।

महिलाहरु मात्र रहेको क्लव पोखरा पिस टाउनले उक्त विद्यालयमा अध्ययनरत केही बालबालिकाका लागि आवश्यक पठनपाठनका सामग्री सहयोग स्वरूप उपलब्ध गराउँदै आएको छ ।

क्लवका अध्यक्ष सरला तिमिल्सिनाको अध्यक्षता भएको कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट कोचिफ एडभाईजर विनोद ढुङ्गाना, कालिका माविका प्राचार्य बलराम गिरी, डिष्ट्रिक्ट सिनियर एडभाईजर सुदीपराज ढुङ्गाना, क्लस्टर चिफ शारदा शर्मा, डिष्ट्रिक्ट एडभाईजर टंकराज अधिकारी, रिजन चेयरपर्सन अमृतप्रसाद तिवारी, जोन चेयरपर्सन हिरा भट्टराई, लायन्स क्लब अफ पोखरा पिस सिटीका अध्यक्ष रामप्रसाद अधिकारी, क्लबका प्रथम उपाध्यक्ष शोभा अधिकारी र सचिव सृजना अधिकारीले बोलेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close