प्रधानमन्त्री कपका लागि गण्डकीबाट टिम घोषणा, विपिन खत्री कप्तान

पोखरा, २७ पुस ।

गण्डकी प्रदेश क्रिकेट संघले प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिताका लागि टिम घोषणा गरेको छ । विपिन खत्रीको कप्तानीमा १४ सदस्यीय टोलिको घोषणा गरिएको संघले जनाएको छ ।

यहि माघ २ गतेबाट काठमाडौंमा सञ्चालन हुने प्रतियोगिताका लागिटिम घोषणा गरिएको हो । चयन भएका खेलाडीहरुमा अशोक श्रेष्ठ (उपकप्तान), दिपेश खत्री, चन्द्रकान्त पौडेल, अमृत गुरुङ, राहुल उपाध्याय, दिपक डुम्रे, अभिषेक थापा, सुभाष भण्डारी, समिर कडेल, अर्जुन कुमार, विशाल पौडेल, विष्णु पाण्डे र दिनेश वुढामगर छन् ।

टिमको वैकल्पिक खेलाडीमा मिलन लुइँटेल, विज्ञान गौतम, सन्देश बस्नेत, कमल परियार छन् भने टिमको प्रशिक्षकमा रिजन प्रजु र व्यवस्थापकमा चन्द्र कुमार गुरुङ (जिमी) रहेको संघले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close