पिएन क्याम्पसको व्यवस्थापन समितिमा आचार्य, तमु र पौडेल मनोनित

पोखरा, २० पुस ।

पोखरास्थित पृथ्वीनारायण क्याम्पसको व्यवस्थापन समितिमा तीन जना मनोनित छन् । क्याम्पसको रिक्त व्यवस्थापन समिति सदस्यमा पोखराका धनराज आचार्य, दीपक पौडेल र बखानसिंह तमु मनोनित भएका हुन् । चार जना रहने समितिको सदस्य पदमा ऋषिराम सापकोटा यथावत छन् ।

त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयले विश्वविद्यालय कार्यकारिणी समितिको निर्णयमार्फत आचार्य, पौडेल र तमुलाई मनोनित गरेको हो ।

क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाले व्यवस्थापन समितिको रिक्त सदस्य पदमा मनोनित गर्न तीन जनाको नाम सिफारिस गरेका थिए । सोही सिफारिसलाई विश्वविद्यालय कार्यकारिणी समितिले स्वीकृत गरेको हो ।

नयाँ सदस्यहरुको कार्यकाल तीन वर्षको हुनेछ । क्याम्पसको व्यवस्थापन समितिमा चार जना सदस्य कार्यकारी र क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख लगायतका व्यक्तित्वहरु पदेन सदस्य रहनेछन् ।

व्यवस्थापन समितिको बैठकको अध्यक्षता क्याम्पस प्रमुखले गर्ने प्रावधान छ । पृथ्वीनारायण क्याम्पस देशकै सबैभन्दा ठूलो आंगिक क्याम्पस हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close