पोखरा फाइनान्सले सञ्चित मुनाफा तथा जगेडा कोषबाट लाभांश वितरण गर्ने

पोखरा, २९ पुस ।

पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्सको २४ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/०७७ सम्मको सञ्चित मुनाफा तथा जगेडा कोषबाट लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रतिशेयर ५ प्रतिशतका दरले बोनस सेयर र प्रति शेयर ०.२६३ प्रतिशतका दरले नगद लाभांश गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको बैंकले जनाएको छ । बोनस शेयर वितरण पश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी रु. ९६.३१ करोड पुगेको छ ।

यसैगरी सभाले आ.व. २०७७/७८ को लेखापरीक्षक नियुक्त गर्नुका साथै पोखरा फाइनान्स लिमिटेड र अन्य उपयुक्त बैंक वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने विषयमा आवश्यक सहमति र सम्झौता गर्न लगायत प्रचलित नियम, कानूनअनुसार वित्तीय संस्थाको तर्फबाट गर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले जानकारी दिए ।

पोखरा फाइनान्स लिमिटेडले आधुनिक प्रविधियुक्त बैंकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्तदुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको पनि वित्तीय संस्थाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close