पोखरा लेडी जेसीजमा पदस्थापन, अध्यक्षमा कंडेल

पोखरा, २५ पुस ।

पोखरा लेडी जेसिजको वर्ष २०२१ का अध्यक्ष तथा पदाधिकारीहरुको पदस्थापन भएको छ । अघिल्लो महिना सम्पन्न निर्वाचनले अध्यक्षमा कमला शर्मा कंडेललाई निर्वाचित गरेको थियो ।

शनिबार पोखरामा आयोजित पदस्थापन कार्यक्रममा वर्ष २०२० की अध्यक्ष शोभा भुजेलले २०२१ की अध्यक्ष कंडेललाई शपथ ग्रहण गराउँदै पद हस्तान्तरण गरिन् । त्यसपछि अध्यक्ष कंडेलले आफ्नो टिमका पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहण गराइन् ।

को-को छन् अध्यक्ष कंडेलको टिममा ?

वर्ष २०२१ की अध्यक्ष कंडेलको टिममा कानूनी सल्लाहकारको भूमिका सपना गिरी कार्यकारिणी उपाध्यक्षको भूमिका लक्ष्मी कुँवर रहेकी छन् । यस्तै सचिवमा सुमित्रा कोइराला, कोषाध्यक्षमा सरस्वती थापा, सहसचिवमा प्रमिला कुँवर, सहकोषाध्यक्षमा सविता गौतम रहेका छन् । संस्थाको चार जना उपाध्यक्षमा रिना पौडेल, चन्द्रा राना, शुभद्रा बराल र कविता सापकोटा रहेका छन् ।

यस्तै तीन जना निर्देशकमा शीलु चालिसे, दिव्यलक्ष्मी चालिसे, जमुना रसायली, संगीता अधिकारी छन् भने शाखा सम्पादकमा लक्ष्मी अधिकारी छन् ।

यसैगरी प्रकरण निर्देशकमा गायत्री फूँयाल, बुद्धि सभापतिमा लीलावती पनेरु, शिप विकास संयोजकमा सपना गिरी, तालिम आयुक्तमा अनिता थापा र अर्थ संकलनमा नन्दकुमारी सुवेदी रहेकी छन् ।

यस्तै, शुक्रबासरीय संयोजकमा सम्झना थापा क्षेत्री, अन्तरशाखा संयोजकमा मुना कोइराला, फेलोशिप प्रमोटरमा सम्झना बस्नेत, मिडिया रिलेशन अफिसरमा दीपा पौडेल, पव्लिक रिलेशन अफिसरमा दीपा रेग्मी, एलवीएन सभापतिमा विनिता सुवेदी, अवार्ड प्रमोशनमा सम्झना आचार्य र सचिवालय व्यवस्थापनमा सविता बराल रहेकी छन् ।

वर्ष २०२१ स्वर्णिम बन्ने आशा छ : भुजेल

कार्यक्रममा वर्ष २०२० का अध्यक्ष शोभा भुजेलले जेसीज वर्ष २०२१ एकदमै स्वर्णिम बन्ने विश्वास व्यक्त गरेकी छन् । उनले आफ्नो कार्यकालको कार्यक्रमहरु कोरोनाका कारण प्रभावित भएको भन्दै आफ्ना योजनासमेत वर्तमान नेतृत्वले अवलम्वन गर्ने विश्वास व्यक्त गरिन् ।

उनले आफ्नो कार्यकालमा महत्वपूर्ण सहयोग गर्ने पदाधिकारी तथा सदस्यहरुलाई मायाको चिनोले सम्मान गरिन् । साथै उनले नेपाल जेसीजको राष्ट्रिय कार्यक्रम पोखरा लेडी जेसीजले पनि आयोजना गर्न पाउनुपर्नेमा जोड दिइन् ।

फरक ढंगले संस्था हाक्छु : कंडेल

जेसीज वर्ष २०२१ की अध्यक्ष कमला शर्मा कंडेलले आफ्नो कार्यकाललाई फरक ढंगले अघि बढाउने प्रतिवद्धता जनाइन् । उनले आफ्नो काम महिला, उद्यमशिलता र बालकालिकाको क्षेत्रमा केन्द्रित हुने स्पष्ट पारिन् । विकास र परिवर्तनका लागि सक्षम नेतृत्व भन्नले मूल लक्ष्य आफ्नो रहेको समेत अध्यक्ष कंडेलले बताइन् ।

अध्यक्ष कंडेलले व्यक्तिगत विकास क्षेत्र अन्तर्गत शाखा पदाधिकारी तालिम, अभिमुखीकरण तालिम, तालिम सप्ताह, उद्यमशिलता तालिम, नेतृत्व विकास तालिम, संसदीयसभा प्रणाली तालिम, शुक्रबासरीय प्रवचन कार्यक्रम गर्ने जनाइन् ।

यसैगरी सामुदायिक विकास क्षेत्र अन्तर्गत जेसीज सप्ताह, जनचेतना कार्यक्रम, वालविकास तालिम, अन्य संघसंस्थासंग सहकार्य, स्थानीय निकायसंग सहकार्य र वातावरण संरक्षणको क्षेत्रमा काम गर्ने अध्यक्ष कंडेलले घोषणा गरेकी छन् ।

यस्तै संस्थाले अन्तर्राष्ट्रिय विकास क्षेत्र अन्तर्गत सम्बन्ध विस्तार, शाखा भेटघाट, स्वागत सम्मान, अन्तर्राष्ट्रिय नारी दिवस र जेसीज विश्व कंग्रेस २०२१ लाई अघि बढाइएको उनले जानकारी दिइन् ।

अस्मिसूस अवार्ड प्रदान

पोखरा लेडी जेसीजका केही पूर्व अध्यक्षहरुले स्थापना गरेको अस्मिसूस अवार्ड यस पटक महिला तथा बालबालिकाको क्षेत्रमा सक्रिय मानवअधिकार कर्मी विना सिलवाललाई प्रदान गरिएको छ ।

सम्मान ग्रहण गर्दैै सिलवालले नेपालको सामाजिक क्षेत्र निकै दयनीय रहेको भन्दै यसलाई माथि उकास्न सबैले हातेमालो गर्न आवश्यक रहेको बताइन् । सिलवालको परिचय संस्थाका पूर्व अध्यक्ष सजना महत कर्माचार्यले गराएकी थिइन् ।

कार्यक्रममा शकुन्तला पौडेललाई वक्तृत्वकलामा प्रथम स्थान हासिल गर्न सफल भएकोमा वसन्त अवार्ड प्रदान समेत गरिएको थियो ।

जेसीज तालिमको महाविद्यालय हो : खनाल

नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले जेसीज तालिमको विश्वविद्यालय भएको बताए । उनले जेसीजका उत्पादनले समाजलाई परिवर्तन गर्न सक्ने खालको हुनुपर्ने भन्दै अध्यक्ष खलालले समाजमार्फत समाज परिवर्तन हुन नसके जेसीजको सपना साकार हुन नसक्ने बताए ।

अध्यक्ष खानलले आफ्नो कार्यकालमा केही न केही परिवर्तन अवश्य हुने भन्दै विभिन्न योजना बनाएर सबै शाखामा पठाउने स्पष्ट पारे । उनले जेसीस युवाहरुको अभियान, आन्दोलन र सिकाइ पनि भएकाले यसैमार्फत समाज परिवर्तन गर्न सम्भव हुने बताए । जेसीजको शाखा व्यवस्थापन गर्न क्षेत्रीय तालिम प्रतिष्ठान निर्माण गर्ने आफ्नो लक्ष्य रहेको उनले सुनाए ।

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कानूनी सल्लाहकार गोकुल सापकोटा, पोखरा महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष शंकर प्रसाद बाँस्तोला, चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कंडेल, पोखरा जेसीज वर्ष २०२१ का अध्यक्ष ई. किरण केसी कार्यक्रम संयोजक रीना पौडेल, लीलावती पनेरु सचिव सुमित्रा कोइराला लगायतलदे बोलेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close