पोखरा विश्वविद्यालयमा धमाधम डीन नियुक्ति, नेकपा निकटको असन्तुष्टि

पोखरा, २८ पुस ।

पोखरा विश्वविद्यालयको रिक्त विभिन्न पदमा धमाधम नियुक्ति भएका छन् । प्रा.डा. प्रेमनारायण अर्याल उपकुलपति भएर आएको महिनौं बितिसक्दासमेत रजिष्ट्रार लगायतका पदमा नियुक्ति हुन सकेको थिएन ।

उपकुलपति अर्यालले तीन महिनाका लागि आफ्नो अधिकार प्रयोग गरेर विभिन्न पदहरुमा वरिष्ठताको आधारमा नियुक्ति गरेका हुन् ।

लामो समयसम्म विभिन्न पदहरु रिक्त रहँदा विश्वविद्यालयको परीक्षा नै प्रभावित हुने अवस्था आएपछि उपकुलपति अर्यालले मानविकी संकायको डीनमा अजय थापा, स्कुल अफ इञ्जिनियरिङको डीनमा राजेश ठकुराठी, स्कुल अफ हेल्थ एण्ड एलाइण्ड साइन्सको डीनमा निर्मला जमरकट्टेललाई नियुक्त गरेका छन् ।

उपकुलपति अर्यालले राजनीतिक आस्थाका आधारमा धमाधम नियुक्ति गरेको भन्दै विरोध समेत भएका छन् । नेकपा निकट प्राध्यापक संघ, विद्यार्थी संघसंगठनले उपकुलपति अर्यालले गरेको नियुक्तिप्रति विरोध गरेका हुन् ।

पोखरा विश्वविद्यालयका स्ववियु सभापति सुनिल तिमिल्सिनाले अहिले गरिएका नियुक्तिहरु अस्थायी मात्रै भएकाले खासै विरोध नगरिएको बताए । उनले भने, ‘असहमति त हो तर अस्थायी नियुक्ति भएकाले विरोध गरिएको होइन ।’ उनले यस्तै नियुक्ति स्थायी भयो भने आन्दोलन गर्ने चेतावनी दिए ।

उपकुलपति अर्यालसंग यो विषय बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close