मर्स्याङ्दीको स्यागे-घेर्मुलाई जोड्न अस्थायी मोटरेबल पुल निर्माण

लमजुङ, २८ पुस ।

लमजुङको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका वडा नं ४ स्यागे र वडा नं ५ घेर्मुलाई जोड्ने अस्थायी मोटरेबल काठको पुल निर्माण गरेका छन् । स्यागेका समाजसेवी नरबहादुर गुरुङको विेशष सक्रियतामा पुल निर्माण भएको हो ।

नवनिर्मित पुलको समाजसेवी स्थानीय स्व।मुक्तबहादुर गुरुङका श्रीमतीद्वय कुमालेस्यो र दिलमाया गुरुङले संयूक्त रुपमा उद्घाटन गरे । पुल निर्माण भएसँगै गाउँगाउँमा उत्पादित तरकारी बजारसम्म लैजानका लागि सहज भएको छ ।

गाउँमा बिरामी परेको बेलामा एम्बुलेन्स समेत सहज रुपमा आउन सक्ने भएकाले स्थानीयहरुलाई धेरै फाइदा पुग्ने उनीहरूको भनाइ छ ।

पुल बनाउन कूल रु ४ लाख ६६ हजार १६ मा सङ्कलन भएको स्थानीयको भनाइ छ । पुल निर्माण उपभोक्ता समितिका सचिव घनश्याम घलेले सङ्कलित सो रकम मध्ये रु २ लाख ७८ हजार १५ पुल निर्माणमा खर्च भएको बताए । घेर्मु गाउँमा पहिलो पटक मोटर पुग्दा स्थानीय निकै हर्षित भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close