समृद्धिको आधार सहकारी : कोइराला

पोखरा, २३ पुस ।

गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले मुलुकको समृद्धिको आधार सहकारी भएको बताएकी छन् ।
जिल्ला सहकारी संघ कास्कीको २० औं वार्षिक साधारण सभामा उनले कोभिड-१९ को कारण चलायमान हुन नसकेको सहकारीको पुँजीलाई उत्पादनसंग जोडनु पर्ने बताइन् ।

सहकारी अभियानलाई सफल बनाउन सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्नेमा जोड दिंदंै यसलाई सरकार र जनताले चिनेको भएपनि कर्मचारी वर्गबाट थप सहयोग गर्नु पर्ने आवश्यकता औंल्याइन् ।

“जनता र सहकारी बीच नङ र मासुको जस्तै सम्वन्ध रहेको छ, उनले भनिन्, “सहकारीलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक निती निर्माण गर्दै कार्यान्वय पक्षलाई शसक्त बनाउनु पर्ने आवश्यक छ ।”

जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सहकारीको सफलतानै राष्ट्रको सफलता भएको बताउँदै त्यसका लागि सुशासन कायम गर्दै व्यवसायीकरण गरिनु पर्नेमा जोड दिए ।

राष्ट्रिय सहकारी संघ (नेफ्स्कुन) सञ्चालक कमलादेवी गिरीले सरकारले सहकारीलाई व्यवस्थित गर्नका लागि निर्माण गरिएका ऐन कानून कार्यान्वयन हुनु पर्नेमा जोड दिए ।

संघका निर्वतमा अध्यक्ष सुदिप ढकाल, पूर्व अध्यक्षहरु दामोदर चालिसे र भिम गुरुङले सहकारीमा नेतृत्व लिनु मात्र नभई केही गर्दछु भन्ने साहस हुनुपर्नेमा जोड दिंदै शेयर सदस्यको निगरानीसंगै आर्थिक पारदर्शिता आवश्यक रहेको बताए ।

संघका अध्यक्ष भेषराज बरालले सरकारले सहकारी संस्था बीच एकिकरण गरेर मजवूद बनाउने अभियान सञ्चालन गरे पनि कास्कीमा कानून विपरीत धमाधम नयाँ सहकारी संस्था दर्ता हुँदा अप्ठ्यारो परिस्थिति सृजना भएको बताए ।

कोरोना भाईरसको संक्रमण रोगथामका लागि स्वास्थ्य मापदण्ड पालना गर्दै पुस २२ देखि २७ गतेसम्म चरणवद्धरुपमा सञ्चालन हुने सो साधारणसभा उद्घाटन समारोहमा संघका उपाध्यक्ष श्रीकान्त ढुंगाना, सचिव ईश्वरप्रसाद सुवेदी, मिना रानाभाट लगायतले सहकारीले खेलेका भूमिका र महत्व माथि प्रकाश पारेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close