मन्त्री प्रभु शाह सवार गाडीको ठक्करबाट तामाङ घाइते

सर्लाही, १८ पुस ।

शहरी विकास मन्त्री प्रभु शाह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते बनाएको छ ।

पूर्व-पश्चिम राजमार्गको हरिवनमा मन्त्री शाह सवार ना १ झ ३८४२ गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर–८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् ।

उनको कम्मर र खुट्टामा चोट लागेको छ । उनको स्थानीय स्वाभिमान अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले मन्त्री साह चढेको जीपले पैदल यात्रुलाई ठक्कर दिएको बताए । मन्त्री साह रौतहटबाट महोत्तरीको जलेश्वरतर्फ जाँदै गर्दा जीपले ठक्कर दिएको राठौरले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close