प्रचण्ड आज भारत प्रस्थान गर्दै

पोखरा, २० पुस ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत जाने भएका छन् । प्रचण्ड पत्नी सीता दाहाललाई थप उपचार गर्न आज भारतको मुम्बई लगिँदै छ ।

उनलाई बिहान ११ बजेको उडानबाट मुम्बई लैजान लागिएको हो । सीताको साथमा अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि साथमा रहने प्रचण्डको सचिवालयले जनाएको छ ।

सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ भनिन्छ ।

नेशनल हेल्थ सर्भिस, ब्रिटेनका अनुसार पीएसपी एक दुर्लभ स्थिति हो, जसका कारण मानिसको मानसिक असन्तुलनका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ । मस्तिष्कको कोषिकामा क्षति हुँदा यस्तो समस्या देखिने चिकित्सकहरु बताउँछन् ।

पछिल्लो समयमा भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरी घरमै आराम गरिरहेकी दाहाललाई सोमबार मुम्बई लगेर न्यूरो सम्बन्धी चिकित्सकबाट स्टिम थेरापी गराइने पारिवारिक स्रोतले बतायो । सीता यसअघि पनि उपचारका लागि अमेरिका, सिंगापुर र भारत गएकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close