चुनावको भ्रममा नपरौं : प्रचण्ड

काठमाडौं, १४ पुस ।

नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीले घोषणा गरेको चुनावको भ्रममा नपर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको बिरुद्ध नेपाल कम्युनिष्ट पार्टी नेपाल दाहाल समूहले गरेको विरोध सभामा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले ओलीले घोषणा गरेको चुनावी भ्रममा नपर्न आग्रह गरेका हुन ।

‘कतिपय मानिसहरुलाई कम्युनिस्ट पार्टी विभाजित भएको, मध्यावधि भइहाल्यो भने हामीले चुनाव जितिन्छ भनेर अलिअलि सपना देख्न खोजेको सुनिन्छ’, विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘चुनाव हुन्छ भन्नेमा स्वयं केपी शर्मा ओलीलाई भरोसा छैन ।’

उनले भने, ‘छँदोखाँदोको बहुमत छोडेर दुर्घटना गराउनेले चुनाव गराउँछन् भन्ने ठान्नु गल्ती हुनेछ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close