प्रचण्ड भोलि भारत जाने

पोखरा, १९ पुस ।
पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत जाने भएका छन् । उनी सोमबार त्यसतर्फ जान लागेको बताइएको छ । पत्नी सीताको उपचारका लागि भारतको मुम्बई जाने लागेको स्रोतले जनाएको छ।
पर्टीको आइतबार बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले सीताको उपचारका लागि आफू सोमबार भारतको मुम्बई जानुपर्ने भएकोे जानकारी गराएको स्थायी समिति सदस्य योगेश भट्टराईले जानकारी दिए । तर, प्रचण्डको सचिवालयले भने यसबारे केही खुलाएको छैन ।
पार्किन्सन रोगबाट पीडित सीतालाई गत बुधबारयता मेडीसिटी अस्पताल भर्ना गरेर उपचार भइरहेको छ । तर स्वास्थ्यमा सुधार नआएपछि भारत लैजान लागेको अध्यक्ष प्रचण्डले बैठकमा जानकारी गराएका थिए ।