नेकपा अध्यक्षद्धय प्रचण्ड-माधव पोखरा आउँदै

पोखरा, २७ पुस ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ पोखरा आउने भएका छन् ।

उनीहरु मंगलबार पोखरा आउन लागेका छन् । पार्टी विभाजनपछि प्रदेशस्तरीय नेता तथा कार्यकर्ता प्रशिक्षणका लागि उनीहरु पोखरा आउने भएका छन् ।

अध्यक्षद्वयसहित पार्टी प्रवक्ता श्रेष्ठ पनि पार्टी भेलामा सामेल हुनेछन् । बिहान ८ बजे अध्यक्षद्वय पोखरा आइपुग्ने कार्यक्रम रहेको छ । पोखरा ११ शितलादेवीस्थित एसआर केसी बैंक्युटमा ११ बजेदेखि कार्यक्रम सुरु हुने समय तालिका रहेको पार्टीका कास्की अध्यक्ष राजकाजी गुरुङले जानकारी दिए ।

यसअघि प्रचण्ड नेपाल पक्षका नेता योगेश भट्टराई र देवेन्द्र पौडेलले पनि कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए ।

यसैबीच नेकपा अध्यक्षद्वय प्रचण्ड र नेपालका साथै प्रवक्ता श्रेष्ठसँग पत्रकार भेटघाट कार्यक्रम पनि आयोजना गरिएको छ । पत्रकार सन्देश श्रेष्ठका अनुसार मंगलबार बिहान ८ः३० बजे पोखराको लेकसाइडस्थित बरपिपल होटलमा पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close