सच्याइ केन्द्रका गुरु प्रकाश गैह्रे यौन दुर्व्यवहारको आरोपमा पक्राउ

पोखरा, ५ पुस ।

पोखरा महानगरपालिका वडा नं. १६ मा रहेको सच्चाई केन्द्र नेपालका गुरु दीप प्रकाश गैरेले यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।

उनलाई कास्की प्रहरीले पक्राउ गरेको हो । शनिबार साँझ वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

कास्की अदालतबाट आज आइतबार म्याद थप गरेर उनीमाथि अनुसन्धान गर्ने तयारी भइरहेको डिएसपी हमालले जानकारी दिए ।

पीडित पोखरा ११, फूलबारीकी एक महिलाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको आधारमा गैह्रेलाई पक्राउ गएिको बताइको छ ।

स्रोतका अनुसार सच्याइ प्रमुख गैह्रेले ति महिलासंग यौन सम्बन्ध राख्न खोजेको तर महिला तयार नभएपछि महिलामाथि हातपात गरेका थिए ।

वडा प्रहरी कार्यालय बगरले पक्राउ गरेपछि हिरासतमा बस्न उनले आकाकानी गरेका थिए । उनले मेरो पनि पावर छ भन्दै ठूलाठूला व्यक्तिलाई फोन गरेका थिए । तर उनको केही जोर नचलेको बताइएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close