पृथ्वी जयन्ती : पोखरामा वृहत शोभायात्रा, हजारौं नागरिक सहभागी

पोखरा, २७ पुस ।

पोखरामा वृहत शोभायात्रा एवं राष्ट्र निर्माताप्रतिको सम्मानसभा आयोजना गरिएको छ । पश्चिमाञ्चल क्षेत्रका स्वतन्त्र नागरिक समाजले २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा कार्यक्रम आयोजना गरेको हो ।

पोखराको चिप्लेढुंगादेखि पृथ्वीचोकसम्म विशाल शोभायात्रा गरिएको थियो । शोभायात्रा हजारौं नागरिक सहभागी भएका थिए । शोभायात्रामा नागरिकहरु व्यानर, भेषभूषा र वाध्यवाधनसहित सहभागी भएका थिए ।

नागरिकको सहभागिताले मुलुकमा राष्ट्रिय एकता अझै पनि आवश्यक रहेको भन्ने पुष्टि गरिएको आयोजक संस्थाका अध्यक्ष शंकर खरालले बताए ।

उनले पृथ्वी जयन्ती हटाएर पछिल्ला सरकारहरुले गद्धारी काम गरेको आरोप लगाए । देशलाई रक्षा गर्ने र समृद्धशाली बनाउने विषय पृथ्वीनारायण शाहका उपदेशहरु आज पनि उत्तिकै सान्दर्भिक र मननयोग्य रहेको उनले स्पष्ट पारे ।

संस्थाका महासचिव नारायणहरि तिवारीले यो देश निर्माण गर्ने बडामहाराजधिराज श्री ५ पृथ्वीनारायण शाहको सम्मानमा पृथ्वी जयन्ती एवं चार जात छत्तिस वर्णको फूलवारीमा रम्ने हामी नेपालीहरुले गर्व गर्नुपर्ने दिन भएको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close