आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

पोखरा, २७ पुस ।

आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ । २९९औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिले विशेष कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाइँदै छ । पोखरामा पनि पश्चिमाञ्चल क्षेत्र स्वतन्त्र नागरिक समावले वृहत शोभायात्रा तथा राष्ट्रनायप्रतिको सम्मान सभा आयोजना गरेको छ ।

१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ। उनले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए । यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ ।

२००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२र६३ सालको आन्दोलनपछि सरकारीस्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो । सरकारले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन छाडे पनि नागरिक स्तरबाट भने विभिन्न कार्यक्रम भने हरेक वर्ष हुने गरेका छन् ।

आज यस अवसरमा विभिन्न क्षेत्रमा सार्वजनिक बिदा समेत दिइएको छ । गोरखा, तनहुँको शुक्लागण्डकी, नुवाकोट लगायतका स्थानमा आज बिदा घोषणा गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close