आज पोखरामा वृहत शोभायात्रा आयोजना

पोखरा, २७ पुस ।

पोखरामा वृहत शोभायात्रा एवं राष्ट्र निर्माताप्रतिको सम्मान सभा आयोजना गरिएको छ । कार्यक्रम आज बिहान ११ बजे चिप्लेढुंगामा हुँदैछ ।

२९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको आयोजक मूल समारोह समिति, पश्चिमाञ्चल क्षेत्रका स्वतन्त्र नागरिक समाजले जनाएको छ ।

आयोजक संस्थाका अध्यक्ष शंकर खराल र महासचिव नारायणहरि तिवारीले यस कार्यक्रमका लागि व्यानर, भेषभूषा र वाध्यवाधनसहित सहभागी हुन अपिल गरेका छन् ।

जारी अपिलमा भनिएको छ, ‘यो देश निर्माण गर्ने बडामहाराजधिराज श्री ५ पृथ्वीनारायण शाहको सम्मानमा पृथ्वी जयन्ती एवं चार जात छत्तिस वर्णको फूलवारीमा रम्ने हामी नेपालीहरुले गर्व गर्नुपर्ने दिन भएकाले सबै नेपालीहरु खुशीका साथ यो दिवस मनाउन जुटौं । कार्यक्रममा बिनाहिचकिचाहट सहभागी हुन सबैलाई आमन्त्रण गर्दछौं ।’

देशलाई रक्षा गर्ने र समृद्धशाली बनाउने विषय पृथ्वीनारायण शाहका उपदेशहरु आज पनि उत्तिकै सान्दर्भिक र मननयोग्य रहेको आयोजकले उल्लेख गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close