हिमाललाई समृद्धिको आधार बनाउनुपर्छ : मुख्यमन्त्री गुरुङ

पोखरा, २७ पुस ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले हिमाललाई समृद्धिको आधार बनाउनु पर्ने बताएका छन् । नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा गर्न लागिएको हिमाल आरोहण प्रवर्द्धन कार्यक्रममा साहसिक पर्यटनका महत्वपूर्ण आधार रहेका हिमश्रृखलालाई पर्यटनसंग जोडनुपर्ने बताए ।

गण्डकी प्रदेश हिमाश्रृंखलाका दृष्टिले पनि सम्पन्न रहेको उल्लेख गर्दै उनले यिनीहरुको पर्यटन बजारमा उपयोग गर्दै समग्र पर्यटनको समृद्धि र विकासमा टेवा पुर्याउन सकिने बताए ।

कोरोना महामारिका कारण समग्र पर्यटनलाई प्रभाव पारे पनि पोखरामा त्यसको न्यून असर रहेको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले आन्तरिक तथा बाह्रय पर्यटकका लागि पोखरा खुला तथा सुरक्षित रहेको सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए ।

नेपाल सरकारले नेपाल पर्वतारोहण संघलाई २७ वटा हिमचुचुरा आरोहणको व्यवस्थापनको जिम्मा दिइसकेको बताउँदै उनले त्यसमार्पmत प्राप्त हुने रोयल्टीलाई अन्य हिमालको प्रवर्द्धन तथा जनशक्ति उत्पादनमा उपयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले हिमाल आरोहणको इतिहासमा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण प्रथमको आरोहण गरे पनि त्यसयता गण्डकी प्रदेशमा रहेका हिमालहरु आरोहण गर्नेक्रम उत्साहजनक नदेखिएको बताए ।

प्रदेश सरकारले पर्यटन पूर्वाधार निर्माणमा जोड दिंदै आएको बताउँदै उनले पोखरालाई केन्द्रमा राखेर ग्रामीण क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्नका लागि तीनै तहका सरकार, पर्यटन व्यवसायि तथा नागरिक समाजको सामूहिक प्रयास आवश्यक रहेको बताए ।

हिमाल पारीको जिल्ला मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य ईन्द्रधारा विष्टले हिमाल आरोहणसंगै कोरोनाको कारण शिथिल बनेको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश अध्यक्ष शेषकान्त शर्माले प्रदेशका हिमालहरुमा आरोहणका गतिविधि बढाउन प्रवद्र्धनात्मक कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

विभिन्न पर्यटन व्यवसायी, सञ्चारकर्मी सहितको टोलीले छ हजार १२ मिटर उचाईको धम्पुस पिक आरोहण गर्न लागिएको भन्दै उनले यस कार्यक्रमले प्रदेशमा हिमाल आरोहणको गतिलाई अघि बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी बहादुर भट्टराईले पर्यटन मुलुकको आर्थिक उन्नतिको आधार भएको बताउँदै सरकारले शुरु गरेको व्यवसाय प्रवद्र्धनकोष कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारीले हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनमा सवैको साथ र सहयोगको आवश्य पर्नेमा जोड दिंदै त्यसका लागि वोर्ड आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरे ।

पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा आयोजित शुभकामना कार्यक्रममा मुख्यमन्त्री गुरुङ र पर्यटन मन्त्री विकास लम्सालले हिमाल आरोहणका सहभागि टोलीलाई राष्ट्रिय झण्डा, नेपाल पर्वतारोहण र नेपाल पर्यटन बोर्डको झण्डा हस्तान्तरण गरेका थिए ।

आरोहण टोली सोमबार मुस्ताङको मार्फा पुग्ने र दुई दिनमा पाँच हजार मिटर उचाईको याकखर्कको फेदीमा हुँदै बेसक्याम पुगेर दुई दिन आधारभूत तालिममा सहभागी हुनेछन् भने माघ ३ गते शनिबार मनोरम हिमाल धम्पूस आरोहण गर्ने कार्यक्रम छ ।

आठ दिनको कार्यक्रम अन्तर्गत कूल २६ जनाको टोलीमध्ये दुई महिलासहित नौ जना व्यवसायी र एक जना सञ्चारकर्मी गरी १० जनाले हिमाल आरोहण गर्ने कार्यक्रम तय गरिएको छ । आयोजकका अनुसार टोलीका अन्य सदस्य वेसक्यामबाट फर्किने भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close