प्रचण्ड-नेपाल राष्ट्रियता विरोधी हुन् : गुरुङ

बाग्लुङ, २५ पुस ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको क्रियाकलाप राष्ट्रियता विरोधी भएको आरोप लगाएका छन् ।

शुक्रबार बाग्लुङमा आयोजित ओली समूहको नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)को कार्यकर्ता भेलामा गण्डकी प्रदेशका मुख्यमन्त्रीसमे रहेका गुरुङले प्रचण्ड र नेपालको क्रियाकलाप देश, सरकार र राष्ट्रियता विरोधी भएको आरोप लगाएका छन् ।

उनले तिनै दुई नेताको पद लोलुपताले नेकपा विभाजनको सँघारमा पुगेको पनि बताए । साथै, उनले राष्ट्रियता विरोधी शक्तिलाई परास्त गर्न एकजुट हुनुको विकल्प नभएको स्पष्ट पारे ।

मुख्यमन्त्री गुरुङले पार्टीको निर्वाचित अध्यक्षलाई सधैं अप्ठ्यारोमा पारेर काम गर्न नदिने प्रवृत्तिले ससद भंग गर्ने अवस्था आएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ समेत गरे ।

‘जसले सिमाना मिचिंदा आवाज उठायो, जसले गुमेको जमिन फिर्ता ल्यायो त्यसविरुद्ध गोलबद्ध हुनु भनेकै देश द्रोह हो,’ उनले भने, ‘विधि र पद्धति मिचेर प्रधानमन्त्रीलाई अप्ठ्यारो पारेपछि संसद भंग गरेर नयाँ जनादेशका लागि जानुपरेको हो ।’

प्रधानमन्त्री निर्वाचित हुँदा ६४ प्रतिशत सांसदको समर्थन रहेकाले बाँकी मतले सरकार बनाउन नसक्ने भएपछि प्रधानमन्त्रीले संसद भंग गर्नु परेको मुख्यमन्त्री गुरुङले दाबी गरे । उनले पार्टीको संसदीय दलमा छलफल नगर्ने, संसदमा पुगेर अविश्वास प्रस्ताव दर्ता गर्न खोज्दा यो दुर्घटना भएको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close