नेयमारको गोलमार्फत पिएसजीलाई उपाधि

पोखरा, १ माघ ।

ट्रफी डेस चाम्पियन्स (सुपर कप) फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जितेको छ । बुधबार राति भएको फाइनलमा मार्सेलीलाई २-१ गोलले पराजित गर्दै पीएसजीले उपाधि जितेको हो ।

पीएसजीको जितमा माउरो इकार्डी र नेयमारले एक-एक गोल गरे । मार्सेलीका दिमिट्री पायटले एक गोल फर्काए । यससँगै पीएसजीले १०औँ पटक ट्रफी डेस चाम्पियन्सको उपाधि जित्न सफल भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close